
भैरहवा ६ माघ । भैरहवामा एक करोड लगानीमा द ग्रान्ड किचन खुलेको छ । भैरहवा क्षेत्रमासस्तो र गुणस्तरीय खाना उपलब्ध गराउने उद्देश्य यो होटल खोलेको सञ्चालक उमेश आचार्यले बताए । अन्य होटलमा भन्दा भिन्न तरिकाले सेवा प्रदान गर्ने यो होटलमा फेमलि डाइनिङ, पुस्तकालय, नेपाली, इन्डियन खानाका स्वाद लिन सकिने छ । शुरुवातको चरणमा होटलमा १२ परिकार पाइने खाना पाइनेछ । होटलले बैंकर्सहरुलाई लक्षित गर्दै भैरहवा क्षेत्रका जुनसुकै बैंकमा अनलाइनबाट खाना खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । होटलले बालबालिकालाई लक्षित बेबि मोमो को प्याकेज पनि सञ्चालन गरेको सञ्चालक हरि आचार्यले बताए । होटलले बिहान ८ बजे देखि बेलुका ९ बजे सम्म सेवा दिने गरेको सञ्चालकले बताएका छन् ।होटल भैहरवा क्षेत्रका ५ जनाको व्यवसायीहरु मिलेर सञ्चालन गरिएको छ । होटलमा अहिले १७ जनाले रोजगारी पाइरहेका छन् । पहिलो चरणमा अनलाइनबाट खाना अडर गर्न बैंकर्सहरुलाई मात्रै दिएपनि निकट भविष्यमा सबै मानिसलाई सेवा दिने सञ्चालकले बताएका छन् ।